बालकलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ
आइतबार, ०७ कात्तिक २०७८, १८ : ०१
पोखराबाट बाल यौनदुराचारको आरोपमा एक क्यानाडेली नागरिक पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित कोठा लिएर बसेका क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्लेले कोठामै बालकमाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय कास्कीले उनलाई ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । आइतबार दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालकसँगको सोधपुछका क्रममा रोबर्टले वालक माथि अप्राकृतिक मैथुन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले रोबर्टमाथि अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण