सिद्धार्थ क्याम्पसले कोरोना महामारीमा लिएको शुल्क फिर्ता गर्न माग
कपिलवस्तुका क्रियाशील विद्यार्थी संगठनहरुले विभिन्न ६ बुँदे मागसहित सिद्धार्थ क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल छैटौंका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोनाभाइरस अवधिभर अनलाइनको बहानामा अनावश्यक रुपमा लिइएको चर्को शुल्क तत्काल फिर्ता गर्न माग गरिएको छ ।
क्याम्पस प्रशासनले प्राध्यापक, उपप्राध्यापक नियुक्ति तथा स्थायी गर्दा योग्यता, क्षमताका आधारमा नभई दलगत आधारमा गरेको विषयमा पनि विद्यार्थी संगठनले आइतबार क्याम्पस प्रमुख खेमराज शर्माको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।
क्याम्पसबाट पाउने छात्रवृत्ति गरिब, जेहन्दार, घाइते अपाङ्गलाई वितरण नगरी आफ्नो अनुकुलतामा वितरण गरिएको उनीहरुको आरोप छ । यस्तै भर्ना, मासिक शुल्क लगायत विभिन्न बहानामा गरिँदै आएको चर्को असुली कार्य तत्काल अन्त्य गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
एक हप्ताभित्र माग सुनुवाइ नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण