बुटवल उद्योग बाणिज्य संघको वार्षिक साधारणसभा मंसिरमा हुने
सोमबार, ०८ कात्तिक २०७८, १४ : ०७
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारणसभा आगामी मंसिरमा हुने भएको छ । संघको आज बसेको कार्यसमिति बैठकले यस अगाडि स्थगित गरिएको ६८ औं वार्षिक साधारणसभा आगामी मंसिर ६ गते गर्ने निर्णय गरेको हो ।
संघले यस अगाडि असोज १८ गतेलाई तय गरिएको साधारणसभा जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको कारण स्थगित गरिएको थियो । साधारणसभा सम्पन्न गर्नका लागि यस अगाडि नै कार्यसमिति सदस्यहरुलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।
साधारणसभाको लागि हल तथा मञ्च व्यवस्थापनमा प्रकाश श्रेष्ठ, किट ब्याग तथा रजिस्ट्रेसनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द ओझा, स्वागत तथा ब्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
-
निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने
-
राष्ट्र बैंकलाई स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन अनिवार्य: अर्थमन्त्री वाग्ले
-
प्रत्येक १० मिनेटमा ध्रुवे हात्तीको गतिविधि निगरानी
-
सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण