भैरहवामा विराट धर्मसभा सुरु
रुपन्देहीको भैरहवामा आजबाट ‘विराट धर्मसभा’ शुरु भएको छ । नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित विश्व ओमकार एकता महाभियानको आयोजनामा धर्मसभा सुरु भएको हो । सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्यसहित एकदर्जन भारतीय हिन्दु धर्मगुरुहरु नेपाल आएका छन् ।

आज र भोलि दुई दिनसम्म चल्ने सभामा नेपाल र भारतका धर्मगुरुहरुले प्रवचन दिने कायक्रम रहेको छ । महेन्द्र सभागृहमा आज शुरु हुने धर्मसभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्नेछन् । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सयभन्दा धेरै संस्थाका धर्मगुरुसहित हजारौंको सहभागिता रहेको स्थानीय व्यवस्थापक कृष्णप्रसाद शर्माले बताए । उनले धर्मसभामा विभिन्न ठाउँबाट धर्मगुरुसहित रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, पाल्पा लगायतका जिल्लाबाट समेत सयौं संख्या उपस्थिति रहेको बताए ।
सभामा एक धर्मगुरु र कथावाचकले प्रवचन दिनुका साथै हिन्दु धर्मको रक्षाका सम्बन्धमा छलफल र बहस हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण