समावेशी पार्टी बनाउँछौ : उपमहासचिव पौडेल
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताएका हुन् ।
उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उचो बनाउनुका साथै मुलुकको दिगो विकासका लागि काम गरेको दाबी गरे । उपमहासचिव पौडेलले एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति र विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ लाग्ने बताए ।
“अब जनताको विश्वास जितेर अनुशाासित ढङ्गले काम गर्दै अगाडि बढ्छौँ । संसदीय दल अब स्वेच्छाचारी हुने छैन । सबै नेता र कार्यकर्ता सम्मानित र स्वाभिमानी बनेर काम गर्ने वातावरण तयार गरी समावेशी पार्टी बनाउँछौ” उनले भने ।
अब नगरमा आउने नयाँ नेतृत्वले विकासमा भएका ढिलासुस्ती विरुद्ध खबरदारी गर्न आवश्यक रहेको बताउँदै उनले हरेक किसिमका बेथिति र विसङ्गती विरुद्ध लाग्न आग्रह पनि गरे । कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष लीला गिरी, नेता नेत्र पन्थी, भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, बाबुराम पन्थी, किसन ज्ञवाली, केशवराज पन्थी लगायतले पार्टीलाई अझै सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण