प्रधानन्यायाधीशले पदत्याग नगरे बार एशोसिएसन आन्दोलनमा उत्रने
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अविलम्ब राजीनामा दिइ मार्ग प्रशस्त गर्न माग गरेको छ । एशोसिएसनको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिए एशोसिएसनले नेपाल राज्यभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि पौडेलद्वारा विज्ञप्तिमा दिइएको छ ।
‘प्रधान न्यायाधीश निरन्तर रूपमा एकपछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिका प्रति नै गम्भीर प्रश्न उठेकाले अब उप्रान्त उहाँबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने र यस विषम र विकराल परिस्थितिलाई समाधान गरी सबैको विश्वास जितेर समस्या समाधान गर्न असफल र असक्षम भइसक्नु भएकाले वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अविलम्ब राजीनामा दिई मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, न्यायपालिकाको नेतृत्वमा रहेका व्यक्तिहरुलाई कार्यपालिकामा भाग दिन र न्यायाधीशहरूलाई मानपदवी समेत दिई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा प्रभाव पार्न खोज्ने सरकार र राजनीतिक दलहरुको कार्यप्रति पनि एशोसिएसनले निन्दा र भत्र्सना गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
