हाम्रो पात्रो निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे
बुधबार, १० कात्तिक २०७८, १३ : ०२
मोबाइल एप हाम्रो पात्रोको निर्देशक बोर्ड अध्यक्षमा डा. रुद्र पाण्डे नियुक्त भएका छन् । डा. पाण्डे नेपाली सफ्टवेयर उद्योगका ज्ञाता र अमेरिकामा सफल उद्यमी रहेका हाम्रो पात्रोले जानकारी दिएको छ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले डा. पाण्डेको नेतृत्व पाउँदा आफूहरू उत्साहित भएको बताएका छन् । डा. पाण्डेले पनि हाम्रो पात्रोलाई थप सफल र वृहत बनाउन लागिपर्ने उल्लेख गरेका छन् ।
हाम्रो पात्रो एप अहिलेसम्म १ करोडभन्दा धेरै पटक डाउनलोड भइसकेको छ । नेपाल र विदेशमा रहेका लाखौं नेपालीले यो मोबाइल एप प्रयोग गरिरहेका छन् । सन् २०२१ मा सामान्य क्यालेन्डरयुक्त मोबाइल एपबाट सेवा सुरु गरेको हाम्रो पात्रो यतिखेर नेपालकै ठूलो मोबाइल प्लेटफर्म बनिसकेको छ । अहिले यो मोबाइल एपमा पात्रोसहित समाचार, रेडियो प्रसारण र ज्योतिष लगायत सेवा उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण