काठमाडौँको नरेफाटबाट लागुऔषधसहित ३ जना पक्राउ
बिहीबार, ११ कात्तिक २०७८, १३ : १७
काठमाडौँ महानगर–३२ नरेफाटबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भएका १९ वर्षीय युवराज स्याङ्बो, २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी छन् । उनीहरुलाई नरेफाटस्थित धमला दूध डेरी नजिकै सडकमा लागुऔषध विक्रीवितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट ३ किलो ४७० ग्राम चरेश, १८० ग्राम गाँजा र ४ थान मोबाइल बरामद गरेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण