भैरहवाको भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । प्लान्टको एक कार्यक्रमकाबीच आज लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गर्दै कोरोना महामारीमा आवश्यक अक्सिजन उत्पादन हुन नसक्दा धेरै समस्या आएकाले अहिले सरकारी अस्पतालहरुमा प्लान्ट स्थापना भइरहेको बताए ।
प्लान्ट २ करोड ६० लाख लगानीमा स्थापना गरिएको हो । मन्त्री थारुले अहिले पनि कोरोना महामारीको अर्को लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताए ।
उनले अस्पतालको जनशक्तिको निकै अभाव भएकाले प्रदेश लोकसेवा आयोगमार्फत सरकार अभावको पूर्ति गर्न लागेको उनले बताए।
भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले रुपन्देही जिल्लाको नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित कार्य भइरहेको बताए । उनले अस्पतालमा १७ करोडको लगानीमा अत्याधुनिक प्रसुती गृह, विरामी कुरुवाका लागि ५० सिटको प्रतिक्षालयसहित विभिन्न कार्यक्रम सञ्चालन गरी अस्पतालको स्तरोन्नतिमा लागेको बताए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पतालमा केही बहिरंग सेवा थप गरिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण