एमाले अधिवेशन : गुल्मीमा एक मात्र महिला पालिका अध्यक्षको दावेदार
नेकपा एमालेको पालिकास्तरीय अधिवेशनमा गुल्मीका १२ वटा पालिकाहरु मध्ये एकमात्र पालिकामा महिलाले अध्यक्षको दावेदारी गरेकी छन् । मदाने गाउँपालिकाकी सरिता खड्काले गाउँ कमिटी अध्यक्ष पद दाबी गरेकी हुन् । अन्य सबैतिर उपसचिव पद महिलालाई कोटा नै छुट्टाए जस्तो गरि राखिएको छ ।
मदाने गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी खड्काले पुरुषहरूसँग प्रतिस्पर्धा गर्न तयार रहेको अडान लिएकी छन् । अध्यक्ष पदका लागि खड्कासहित प्रेम घिमिरे, प्रेम केसी, चक्रबन्धु भुसाल मैदानमा छन् ।
त्यस पालिकाका अध्यक्ष तथा एमाले जिल्ला नेता दानबहादुर केसीले शुक्रबार जिल्लाबाट उपाध्यक्ष वालसिंह काउछा, कार्यालय सदस्य हिरा एसी लगायतका नेताहरु सहमति जुटाउने बताए ।
यस्तै गुल्मीको धुर्कोट गाउँपालिकामा पनि अधिवेशन हुन सकिरहेको छैन । हिमप्रसाद पन्थी र लोकबहादुर केसीले अध्यक्ष पदको दाबी गरेका छन् । धुर्कोट र मदाने गाउँपालिकामा सहमतिका लागि अन्तिम प्रयास हुनेर र सहमति नजुटे मतदान प्रकृयामा जाने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण