स्थायी राजधानी दाङमा यस्तो बन्दैछ लुम्बिनी प्रदेशसभा भवन
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा प्रदेशसभा भवन निर्माण कार्य तीव्र पारिएको छ । दाङको देउखुरीमा पूर्ववर्ती सरकारले ६ महिना अघि सुरु गरेको प्रदेशसभा भवन निर्माण कार्य सुस्त भएपछि केहीदिन अघि अवलोकनमा पुगेका मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्ती लगायतको टोलीले अब ५० दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।
यतिबेला दिन र रात गरी दुई सिफ्टमा कामदार खटाई २४ घण्टा नै निर्माण कार्य भइरहेको जनाइएको छ । राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालय क्षेत्रमा ५ करोड २१ लाख ९३ हजार ९५८ रुपैयाँको लागतमा प्रदेशसभा भवन निर्माण भइरहेको हो ।
चार महिनाभित्र प्रदेशसभा बैठक नयाँ भवनमा राख्ने सरकारी लक्ष्य पूरा नहुने देखिएपछि मुख्यमन्त्रीको टोलीले समयमै निर्माण सम्पन्न गर्न ताकेता गरेको हो । २०७८ वैशाख २४ मा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु गरिएको थियो ।
२०७८ असार मसान्त भित्रै निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्धारित समयावधी साढे दुई महिना घर्किसकेको छ भने प्रगति निराशाजनक नै छ ।
निर्माणाधीन प्रदेशसभा भवनको स्थलगत निरीक्षणमा ठेकेदारको लापरबाही र ढिलासुस्ती देखेपछि मुख्यमन्त्री केसी जङ्गिएका थिए । निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै मुख्यमन्त्री केसीको निर्देशनमा निर्माणस्थलबाटै ठेकेदारलाई पक्राउ गरेर केही घण्टा प्रहरीको नियन्त्रणमा समेत राखिएको थियो । द्रुत गतिमा काम गर्ने सर्तमा ठेकेदारलाई त्यतिबेला छाडिएको थियो ।
पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले मंसिर मसान्तसम्म भवन निर्माणको काम जसरी पनि सक्ने बताए । ‘मुख्यमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौं’, उनले भने, ‘अहिले १९२ जना दक्ष कामदारहरु खटाई दिनरात गरी २ सिफ्टमा काम भएको छ ।’
विकास निर्माणको काम गर्न कति सम्भव छ र संरचना निर्माणको काम कुन गतिमा गर्नुपर्छ भन्ने उदाहरणको रुपमा देशमै नमुना हुने किसिमले काम गरिने उनको भनाइ छ ।
अबको डेढ महिनाभित्र प्रदेशसभा भवन सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी एमएस ड्राइगन बस्नेत जेभीका सञ्चालक यज्ञबहादुर केसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण