गुल्मीमा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल भित्रिँदै
गुल्मी जिल्लामा वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल अन्य जिल्लाबाट भित्रिने गरेको छ । शुक्रबार ४१ औं खाद्य दिवस मनाउने क्रममा सरोकारवालाहरूले यो तथ्यांक सार्वजनिक गरेका हुन् । कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले वार्षिक ५ करोड रुपैयाँ बराबरको चामल जिल्लामा भित्रिने गरेको बताए ।
उनले भने, ‘कार्यालयले यकिन तथ्याङ्क त तयार गरेको छैन तर यहाँको होटल व्यवसायीसँग, चामल व्यवसायीसँगको छलफलमा वार्षिक ५ करोड बराबरको मसिना चामल गुल्मीमा आयात हुने गरेको पाइएको छ ।’ जिल्लामा मोटा चामल बढी उत्पादन हुने भएकाले मसिनो चामल बाहिरबाट ल्याउने गरिएको उनको भनाइ छ । उनका अनुसार गुल्मीमा आर्थिक वर्ष २०७७÷०७८ मा ३० हजार मेट्रिकटन धान फलेको थियो ।
गुल्मीमा गत वर्ष २४ हजार ४४५ हेक्टरमा ५८ हजार २६९ मेट्रिक टन मकै उत्पादन भएको पनि उनले जानकारी दिए । जिल्लामा मकै पहिलो बाली भएको उनले बताए । दोश्रो बालीका रुपमा कोदो रहे पनि पछिल्लो समय कोदो खेती गर्ने कृषकको संख्या घट्दो रहेको उनको भनाइ छ ।
उनका अनुसार गत वर्ष जिल्लामा २९ सय ३६ हेक्टरमा ३३ सय ६१ मेट्रिक टन कोदो उत्पादन भएको थियो । हरेक वर्षको अक्टोबर १६ का दिन मनाइने विश्व खाद्य दिवसको अवसरमा कार्यालय प्रमुख भण्डारीले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।
विश्व खाद्य दिवसको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले संसारका सबै मानिसहरुको प्राणदाता भनेका कृषक भएकाले कृषि उत्पादनलाई सबैले बढी जोड दिएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी विजयकुमार कार्की, प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद ज्ञवाली, जिल्ला वन कार्यालय प्रमुख प्रह्लाद सापकोटा, वरिष्ठ साना उद्योग विकास अधिकृत लक्ष्मण घिमिरे लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण