ज्येष्ठ नागरिकलाई निमोनियाको खोप दिन चिकित्सकको सुझाव
जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ । कोरोना भाइरस सङ्क्रमितलाई निमोनियाले थप समस्या हुने भएकाले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि खोप लगाउनु राम्रो हुने सुझाव दिइएको छ । ती खोपहरूले कोभिड–१९ को सङ्क्रमणबाट नजोगाउने भए पनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनियाजस्ता घातक रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेले बताइन् ।
नेपालमा सरकारी कार्यक्रममा बालबालिकालाई निमोनियाको खोप दिने कार्यक्रम सन् २००९ यता समावेश गरिएको छ । तर वयस्क र ज्येष्ठ नागरिकलाई लक्षित खोपको व्यवस्था छैन । जाडो मौसममा निमोनिया लाग्ने जोखिम बढेका कारण ज्येष्ठ नागरिकले अनिवार्य रूपमा खोप लगाउन डा. पाण्डेको सुझाव छ । उनले भनिन्–‘‘ब्याक्टेरियल निमोनियाविरुद्वको खोप ६५ वर्ष नाघेकाले एक पटक मात्र खोप लगाए जीवनभर पुग्छ ।’’ ‘‘खोप लगाउने समय यही बेला हो,’’ उनले भनिन्– ‘‘दमलगायत रोगले सताएका बिरामीलाई निमोनियाको जोखिम धेरै हुन्छ । त्यसैले दीर्घरोगी भएका ज्येष्ठ नागरिकले बढी ख्याल गर्नुपर्छ ।’’ उमेर ६५ वर्ष नपुगेको भए पनि फोक्सो, मुटु वा कलेजोको रोग, मधुमेह वा क्यान्सर भएका अनि रोग प्रतिरोधी क्षमता कम भएका जुनसुकै उमेरका व्यक्तिले निमोनियाको खोप लिनु राम्रो हुने जानकारी उनले दिइन् । हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा ‘भाइरसको स्ट्रेन’ हेरेर नयाँ नयाँ इन्फ्लुएन्जाको खोप आउने गरेको उनले उल्लेख गरिन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण