बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्वतन्त्र न्यायालयको पक्षमा सरकार : सञ्चारमन्त्री कार्की

शनिबार, १३ कात्तिक २०७८, ११ : १६
शनिबार, १३ कात्तिक २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध  रहेको बताएका हुन् ।

वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताए । उनले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप