गहुँका लागि मल अभाव
किसानले धान काटेर गहुँका लागि तयार गरिरहेका छन् तर गहुँ छर्ने बेला आवश्यक पर्ने रासायनिक मल डीएपी सरकारसँग छैन । गहुँ लगाउने खेतमा लगाइएको धान किसानले धमाधम काटिरहेका छन् । कात्तिकको दोस्रो हप्तादेखि गहुँ छर्ने काम सुरु हुन्छ तर सकारसँग चाहिने मल मौज्दात छैन । गहुँका लागि कम्तीमा ५० हजार मेट्रिक टन डीएपी मल चाहिन्छ तर कृषि समग्री कम्पनी लिमिटेडमा हाल ३०० मेट्रिक टन मात्र मौज्दात छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग त त्यो पनि छैन ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले भने, “गहुँ छर्ने बेला भइसक्यो तर डीएपीको मौज्दात पर्याप्त छैन । हामीले कृषि मन्त्रालयलाई जानकारी गराइसकेका छौँ । ” कृषिमन्त्री महिन्द्रराय यादवलाई नै भेटेर मलको अवस्थाबारे जानकारी गराइसकेको र मन्त्री यादवले किसानलाई मलको अभाव हुन नदिने गरी मन्त्रालयले पहल गरिरहेको जानकारी आफूलाई गराएको उनले बताए ।
मन्त्री यादवले मलका लागि भारत र चीनलाई आग्रह गरेर भए पनि किसानलाई समयमा मल उपलब्ध गराउने भन्नुभएको छ र आफूहरू आशावादी रहेको उनले बताए ।
गहुँका लागि ५० हजार मेट्रिक टन डीएपी चाहिन्थ्यो तर वर्षाले धान बालीमा नोक्सान भएकाले यस पटक बढ्न सक्ने सम्भावना छ । त्यसैले थप मलको आवश्यकता हुन सक्ने उनले बताए । पीडित किसानलाई मलमा सहुलियत दिने कुरा पनि भइरहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमारराज भण्डारीले गहुँ छर्ने बेला हुन गइरहेको छ तर आफूहरूसँग अलिकति पनि डीएपी मौज्दात नरहेको बताए ।
मलको अवस्थाबारे सरकारलाई पनि थाहा छ, आफूहरूले पटकपटक जानकारी गराएकै हो । सरकारले के गरिरहेको छ, त्यो आफूहरूलाई थाहा हुने कुरा नभएको उनले ए । उनका अनुसार रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य अत्यधिक बढेका कारण पटकपटक टेन्डर रद्द हुन्छ ।
टेन्डर पाए पनि ढुवानी कम्पनीले मल ल्याउन चाहिरहेका छैनन् । त्यसले गर्दा मलको अभाव देखिन थालेको हो । याे समाचार गाेरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण