गुल्मीमा मलामी गएका युवकको डुबेर मृत्यु
आइतबार, १४ कात्तिक २०७८, १८ : ०१
गुल्मीमा मलामी गएका एक युवकको डुबेर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका सोही गाउँका १९ बर्षीय शंकर पौड्यालको कालिगडकी नदीमा डुबेर मृत्यु भएको हो ।
दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । मलामी गएकाहरुले उनी डुबेर बेपत्ता भएको खबर गर्न साथ ईलाका प्रहरी कार्यालय जोहङ्गबाट असई लक्ष्मण बिकको कमाण्डमा ४ जना र रिडी ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुबराज बमको नेतृत्वमा ७ जनाको टोलीले खोज तलास गर्दै जाँदा आइतबार दिउँसो १२ बजेको समयमा रुद्रवेणीघाट भन्दा ८ किलो मिटर दक्षिण कालिगण्डकी नदीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण