पोखरामा जुवातास खेलिरहेका ६ जना पक्राउ
सोमबार, १५ कात्तिक २०७८, १७ : १३

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ गरेका छन् । पोखरा–१४ नहरचोकमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई डेढ लाख रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
भारतको मोतिहारी त्रुकौलिया थाना घर भएका ईम्ताजया आलमले नहर चोकमा जग्गा भाडामा लिई बनाएको ब्लकको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद एक लाख ५६ हजार ३९५ र १ बुक ताससहित पक्राउ गरिएका उनीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।