दीपावलीको पूर्वसन्ध्यामा पनि जनकपुरधाममा यत्रतत्र फोहोर
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका दीपावलीको पूर्वसन्ध्यामा पनि यत्रतत्र फोहोर थुपारिएको छ । नगरप्रमुख लालकिशोर साहको बेवास्ताका कारण नगरक्षेत्रका फोहोर उठ्न नसकेको जनप्रतिनिधिहरुको आरोप छ । सर्वसाधारणले दीपावलीमा आ–आफ्नो घर, आँगन, सडक सरसफाइ गर्छन् । तर जनकपुरधाम उपमहानगरपालिकाले अहिलेसम्म सडकबाट दुर्गन्धित फोहोरमैला नउठाउँदा नगर क्षेत्र नै दुर्गन्धित बनेको सर्वसाधारणको भनाइ छ ।

जनकपुरधाम उपमहानगरको पिडारी चोक, रामानन्द चौक, भानु चोक, मिल्स एरिया, मुरली चोकलगायतका सडक तथा मुख्य गल्लीहरुमा थुपारिएको फोहोरमैला नउठ्दा जनकपुरधाम निकै दुर्गन्धित बनेको छ । उपमहानगरपालिकाले फोहोर नउठाउँदा सडक, गल्ली तथा चोक कुरुप बनेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले विगतमा ४८ करोड रुपैयाँको लागतमा फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्था गरेको थियो । त्यसका लागि जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामस्थित कपिलेश्वरमा जग्गा लिजमा लिई प्रक्रिया अनुसार अघि समेत बढाइएको थियो । तर एकाएक नगरप्रमुख लालकिशोर साहले प्रक्रिया नै अवरुद्ध गरेपछि सो रकमसमेत फ्रिज हुन पुगेको थियो ।

त्यसपछि अहिलेसम्म पनि ल्याण्ड फिल्ड साइटका लागि पहल नगर्दा फोहोरमैला व्यवस्थानमा निकै समस्या भईरहेको जनकपुरधाम उपमहानरकी नगर उपप्रमुख रिताकुमारी मिश्रले बताइन् । फोहोर व्यवस्थापनमा समस्या भइरहँदा उपमहानगरले आफ्नै अधिनमा रहेको अतिथि गृहमा फोहोरलाई छोपेर राखेको छ । जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइको नाममा लाखौँ खर्च गरे पनि सरसफाइ भने हुने गरेको छैन । जबकि उपमहानगरमा सरसफाइ शाखामै सयौं कर्मचारी र स्वीपर कार्यरत छन् । उपमहानगरले फोहर नउठाएपछि आइतबार वडाध्यक्षहरुले फोहोर उठाएर नगर प्रमुख लालकिशोर साहको घर अगाडि थुपारेका थिए । यद्यपि अझैसम्म उपमहानगरले फोहोर उठाउन ध्यान दिएको छैन ।

जनकपुरधाम उपमहानगरले आर्थिक वर्ष ०७६/०७७ मा तिहार, छठ र विवाह पञ्चमीका लागि विशेष सरसफाइको नाउँमा २० लाख रुपैयाँ विभिन्न संघ संस्था तथा व्यक्तिलाई दिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । यता जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख मिश्रले समेत नगर प्रमुखको व्यवहारका कारण गुनासो गरिन् । उनले भनिन्, ‘मैले फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकासँग ट्याक्टर माग गर्दा पनि दिएन ।’

जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा उदासिनता देखाएको नगरवासीको गुनासो छ । नगरमा फोहोर गर्नेलाई कारबाही गरी फोहोर व्यवस्थापनमा सक्रिय हुने उद्घोष गरेको उपमहानगरपालिका स्वयं यतिबेला नगर दुर्गन्धित हुनुको कारण बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण