अमेरिकामा बसोबास गर्ने नेपालीहरूले मनाए भाइटीका
अमेरिकामा बसोबास गर्ने नेपालीहरूले गत वर्षभन्दा यसपटक रमाइलो गरेर भाइटीका मनाएका छन् । गत वर्षको तुलनामा कोरोना सङ्क्रमण न्यून हुँदै गएकोले रमाइलोसँग मनाउन पाएका हुन् । नेपालमा भाइटीकाको उत्तम साइत ११:०२ बजे तोकिएकोले त्यही साइतमा पनि अमेरिकामा टीका लगाइएको छ । अमेरिकामा भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः२५ बजेको समय उत्तम भनिएकाले अमेरिकामा बसोबास गर्ने नेपालीहरूले पनि यही समयमा पनि टीका ग्रहण गरेका छन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीकाको साइत सार्वजनिक गरे पछि त्यस समयलाई पनि धेरैले पछ्याएका छन् ।
अमेरिकामा विभिन्न राज्य तथा सहरहरूको समय कतै १ घण्टा, कतै २ घण्टा र कतै ३ घण्टाको समेत फरक भएकाले स्थानीय समय अनुसार नेपाली समुदायले भाइटीका लगाएका छन् । अमेरिकामा तिहारका सबै सामाग्रीहरू भारतीय र नेपाली समुदायले खोलेका पसलमा पाइने हुनाले तिहार मनाउन सजिलो हुने गरेको छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् । सेलरोटी र अन्य सामाग्रीहरू दिदीबहिनीहरूले आफैँ बनाएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, काजु, किसमिस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा वा उपहार दिई सम्मान प्रकट गरेका छन् ।
नेपालबाट सानैमा अमेरिका आएका तथा अमेरिकामै जन्मिएकाहरूलाई अभिभावकहरूले नेपाली चाडपर्वको महत्त्वबारे जानकारी दिएर ठुलो भूमिका निर्वाह गरेका छन् । अमेरिकामा खोलिएका नेपाली पाठशालाका विद्यार्थीहरू र आफ्ना सन्तानलाई देउसी भैलो खेल्न प्रोत्साहन समेत गरेका छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले नेपालमा जस्तै काग तिहारदेखि भाइटीकासम्म आफ्नो निवासलाई झिलिमिली बनाएका छन् । अमेरिकामा विभिन्न राज्य, सहर, गाउँ क्षेत्रमा बसोबास गर्ने नेपालीले लक्ष्मी पूजा पनि श्रद्धा भक्तिका साथ मनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण