हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
सारांश
- काठमाडौँमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट (एचटीएम २०२६) को छैटौँ संस्करण 'पर्यटनका नयाँ आयामहरू' नारासहित सम्पन्न भएको छ ।
- यस कार्यक्रममा २७ देशका ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो र बीटुबी सत्रमा २,४०० भन्दा बढी व्यावसायिक भेटघाट सम्पन्न भए ।
- मार्ट सुरु हुनुअघि विदेशी प्रतिनिधिहरूले पोखरा, लुम्बिनी लगायतका क्षेत्रको भ्रमण गरी नेपालको संस्कृति र साहसिक पर्यटनको अनुभव लिएका थिए ।
काठमाडौँ । काठमाडौँमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट (एचटीएम २०२६) को छैटौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ ।
‘पर्यटनका नयाँ आयामहरू’ भन्ने मूल नाराका साथ जुन १ देखि ४ सम्म सञ्चालन भएको यस कार्यक्रममा २७ देशका ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स र निजी क्षेत्रको सहकार्यमा यसको आयोजना गरेको हो ।
मार्टको मुख्य आकर्षणका रूपमा रहेको बीटुबी सत्रमा ७५ अन्तर्राष्ट्रिय क्रेता र ८० भन्दा बढी प्रदर्शकहरूबीच २,४०० भन्दा बढी व्यावसायिक भेटघाट सम्पन्न भए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले बीटुबी मार्टको अवलोकन गर्दै पर्यटन उत्पादनहरूको प्रवर्द्धनको प्रशंसा गरे ।
मार्ट सुरु हुनुअघि विदेशी प्रतिनिधिहरूले पोखरा, लुम्बिनी, हैबुङ र नमोबुद्ध लगायतका क्षेत्रको भ्रमण गरी नेपालको संस्कृति र साहसिक पर्यटनको अनुभव लिएका थिए । सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट नमुनाका रूपमा रहेको यस कार्यक्रमले नेपाललाई पर्यटन संवाद र सहकार्यको अग्रणी केन्द्रका रूपमा स्थापित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण