महँगियो छठ : फलफूल किन्नेको भीड

मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरु लागेका छन् । व्रतालुहरु आज नहाए खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरु छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउनमा व्यस्त छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नरिवललगायतका फलफुल पर्छ । फलफूल मण्डीमा केरालगायका सामग्री किन्न आउनेहरुको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसाद रहेको केरा किन्नेहरुको जनकपुरधामका मुख्य बजारहरुमा केही दिनदेखि निकै भीड लागेको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि केराको विक्री छठ पर्वको पूर्व सन्ध्यामा व्यापक वृद्धि भएको छ ।
अन्य वर्ष हरुभन्दा महँगो मूल्यमा श्रद्धालुहरु केरा किन्न यस वर्ष पनि बाध्य छन् । केही साता अघि ६० रुपैयाँदेखि ७० रुपैयाँ प्रति दर्जन बिक्री हुने केरा छठ पर्वको पूर्व सन्ध्यामा ८० रुपैयाँ देखि ९० रुपैयाँसम्म विक्री भइरहेको छ ।कोरोना संक्रमणले गर्दा दुई वर्ष अघि अभाव खेपेका छठ पर्वका श्रद्धालुहरुलाई यस वर्ष केराको अभाव छैन । जनकपुरधामस्थित फलफूल मण्डीका पूर्व महासचिव भूवनेश्वर पूर्वेले विगत जस्तो यस वर्ष केराको अभाव नरहेको बताए । उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ६० ट्रक केराको आयात गरिएको थियो भने यस वर्ष एक सय ट्रक केरा आयात गरिएको छ ।
पूर्वेका अनुसार पछिल्लो वर्ष २ करोड मूल्य बराबरको केरा आयात गरिएको थियो । जबकि यो वर्ष ५ करोड रुपैयाँको केरा आयात गरिएको छ ।’ जनकपुरधाममा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट केरा आयात गरिदै आएको छ । यस वर्ष भने नवलपरासीको त्रिवेणीबाट केरा बढी मात्रामा भित्रिएको छ । भारतबाट करीब ३ करोड रुपैयाँ मूल्य बराबरको केरा लगायत फलफुल आयात गरिएको छ भने नवलपरासीबाट करिब २ करोड रुपैयाँ मूल्य बराबरको ३० ट्रक केरा छठ पर्वमा विक्री गर्न आयात गरिएको जानकारी अर्का फलफूल व्यवसायी जागेश्वर साहले दिए ।
भारतको केरा सस्तो भएपनि नेपाल भित्र्याउँदा भन्सार बढी तिर्नुपर्ने भएकाले केराको मूल्य बढेको छ । केरा व्यवसायी साहका अनुसार भन्सार शुल्क पहिला ७ प्रतिशत मात्रै लाग्थ्यो तर अब भन्सार साढे १३ प्रतिशतसम्म शुल्क पुगेकाले महँगो हुन पुगेको बताए । भारत र नेपालको केरा दुवैको मूल्य बराबर छ । छठका लागि केरा किन्न पुगेका राकेश झाले पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी