चुनावसम्म गठबन्धनबीच सहकार्य जारी रहन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले अहिलेको पाँच दलीय गठबन्धनको सहकार्य कम्तीमा आगामी चुनावसम्म जारी रहने बताएका छन् । उनले गठबन्धन लामो समय जान पनि सक्ने, नभए पनि कम्तीमा चुनावसम्म सहकार्य गरेरै आगाडि जाने प्रस्ट पारे ।
बुधबार भैरहवा नेपाल महिला संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले नेपाली काँग्रेस पनि गुमेको साख फिर्ता लिन गठबन्धनबीचको सहकार्यलाई जारी राख्नुपर्ने पक्षमा रहेको बताए । उनले गठबन्धनबिना काँग्रेस पनि सुरक्षित हुन नसक्ने भन्दै गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने प्रस्ट पारे ।
उनले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए । उनले नेपाली काँग्रेसको स्थायित्व, सवलीकरण र आउँदो स्थानीय निर्वाचन र आमनिर्वाचन सफल बनाउनका लागि नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने तर्क अगाडि सारे ।
वडा तह हुँदै केन्द्रीय निर्वाचन गर्ने पार्टी नेपाली काँग्रेसमात्रै रहेको बताउँदै खाणले नेपाली काँग्रेसलाई सवल, सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि बढाएर पहिलो पार्टी बनाइने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण