शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बैंकिङप्रणालीमा २० अर्ब प्रवाह हुँदै

बिहीबार, २५ कात्तिक २०७८, ०६ : २६
बिहीबार, २५ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ।बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ। बिहीबार जारी हुने रिपोसहित अब ५० अर्ब रूपैयाँ बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ।तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको छ। केही बैंक थप ऋण दिनसमेत नसक्ने अवस्थामा पुगेका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप