फूडमाण्डु १२ औँ वर्षमा, प्रमुख सहरहरूमा सेवा विस्तार योजना
नेपालको पहिलो अनलाइन फूड डेलिभरी कम्पनी फूडमाण्डुले सञ्चालनको ११ वर्ष पूरा गरेको छ । सन् २०१० को नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काठमाडौँ एवं पोखरा उपत्यकाका सयौँ रेष्टुरेण्टहरू आबद्ध छन् । आबद्ध रेष्टुरेण्टहरूका परिकारहरू कम्पनीको वेवसाइट तथा मोबाइल एप मार्फत अर्डर गर्न सकिन्छ । साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको छ ।
‘सञ्चालनको दशकबढी बढी समय हाम्रो लागी निकै महत्त्वपूर्ण रह्यो र यो अवधिमा हामीले निकै उतारचढाव अनुभव गर्यौँ,’ कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘ग्राहकहरूको रुचि र मागअनुसार हामीले हाम्रा सेवाहरूलाई थप परिष्कृत गर्दै देशका थप अरू प्रमुख सहरहरूमा सेवा विस्तार योजना बनाएका छौँ ।’
वार्षिकोत्सव अवसरमा कम्पनीले आकर्षक छुटहरू प्रस्ताव गरेको छ । ११ दिनसम्म हरेक दिन १,१११ को आकर्षक कम्बो डिल तथा आबद्ध केही रेष्टुरेण्टहरूसँगको सहकार्यमा नौला परिकारहरू आफ्ना ग्राहकसामु पस्कन लागेको कम्पनीका ब्राण्ड, मार्केटिङ तथा बजार व्यवस्थापक प्रमुख श्यामरत्न मालीले जानकारी दिए ।
बजार विस्तार गर्ने रणनीतिअनुसार फूडमाण्डुले देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाइएको एप हाम्रो पात्रोसँग सहकार्य गर्दैछ । उक्त एपमार्फत पनि सीधै फूडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबारदेखि माइतीघरको ढल निकास खुलाउने र अतिक्रमण हटाउने अभियान सुरु हुने
-
बेबी पाउडरसम्बन्धी मुद्दा सल्ट्याउन साढे ५ अर्ब तिर्ने जोनसन एन्ड जोनसनको प्रस्ताव
-
सार्वजनिक स्थानमा गालीगलौज र सास्ती दिने तीन जना पक्राउ
-
२४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (तस्बिरहरू)
-
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण