काँग्रेसमा पुराना टिम भत्कँदै, नयाँ बन्दै
नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय भएको छ ।
कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अघि सरेका छन् । सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै तीन जना आकांक्षी देखिएका छन् । देउवालाई हालका उपसभापति विमलेन्द्र निधिले चुनौती थपिदिएका छन् भने नेता गोपालमान श्रेष्ठ पनि मैदानमा उत्रने संकेत गरिरहेका छन् । यसले कांग्रेसभित्रको संस्थापन समूहमा पनि विभाजनको अवस्था देखाएको छ ।
यसैगरी, संस्थापन इतर समूहबाट पौडेलसँगै हालका महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा। शेखर केइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा दाबी गर्दै आइरहेका छन् । यो समूहभित्र पनि एकल उम्मेदवार बन्ने अवस्था छैन ।
यसैगरी १३औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता सिटौलाले पनि यसपटक आफू टिम बनाएरै मैदानमा उत्रिने घोषणा गरिसकेका छन् । तर महाधिवेशनमा कांग्रेसभित्रको पुराना गुट भत्कने र नयाँ समूहबीचमा समीकरण बन्ने अवस्था देखिँदै गइरहेको छ ।
कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहको नेतृत्वसमेत छानिसकेको छ । बाँकी १३ जिल्लाको वडा अधिवेशन कांग्रेसले भोलि शनिबार गर्दै छ ।
अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवारहरू मैदानमा छन् । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण