प्युठानमा जीप दुर्घटना, चालकको मृत्यु
सोमबार, २९ कात्तिक २०७८, ११ : ३७
प्युठानमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मल्लरानी गाउँपालिकाको मुनडाँडाबाट बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप मल्लरानी– ३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा सहचालक दिनेश नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले रातोपाटीलाई बताए । गम्भीर घाइते नेपालीको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको प्रहरीले जानकारी दिएको छ । जीपमा चालक र सहचालक मात्र रहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण