'स्वचालित मूल्यसूची लागू गर्दा पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ'
पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२÷८३ डलर पुगेको छ । गत वर्षको मङ्सिरमा प्रतिब्यारेल ४१ डलर थियो । एक वर्षमा दोब्बर भएको छ । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका साथै डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यनले पनि प्रभाव पारेको हुन्छ ।” निगमका अनुसार हाल भइरहेको मूल्यवृद्धि होइन समायोजन हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्यसूची लागू गर्दा हाल पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ ।
निगमले प्रतिलिटर ८३.४९ रुपियाँमा खरिद गरेको पेट्रोेललाई ५७.७३ रुपियाँ कर थपेर १३६ रुपियाँमा बिक्री गरिरहेको छ । डिजेलमा सम्पूर्ण कर प्रतिलिटर ४०.४१ रुपियाँ लिँदै आएको छ । मट्टितेलमा प्रतिलिटर १५.०२ रुपियाँ कर लिइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण