दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी
अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।
सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा तल्लीन छन् । जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्रक्षेपण गरिएको थियो ।
यसपटक नेपाली इन्जिनियरले नेपालमा भूउपग्रहको प्रारूप बनाइसकेका छन् । यसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा लगेर भूउपग्रह निर्माणसम्बन्धी विभिन्न परीक्षण गरिएको छ ।
नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले भने, “यस परीक्षणबाट हामीलाई निकै सफलता हात परेको छ ।” विदेशको प्लेटफर्म प्रयोग गरेर भए पनि नेपालीले भूउपग्रह निर्माण गरिसकेको स्मरण गर्दै प्रवक्ता ढुङ्गेलले भने, “नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन यो परियोजना सुरु गरेका हौँ ।”
उनले भने, “स्याटेलाइटको अपरेटिङ सिस्टम नेपालमै पनि बनाउन सकिन्छ कि भनेर अनुसन्धान गर्दैछौँ । अपरेटिङ सिस्टम बनाउन सफल भएमा यसले भूउपग्रह बनाउन लाग्ने ६० प्रतिशत समय र लागत घटाउँछ ।”
डा. मास्केका अनुसार स्याटेलाइट सिस्टम अन चिप मिसनलाई पनि नास्टले अगाडि बढाएको छ । यसमा सम्पूर्ण सिस्टम एउटै चिपमा बन्छ, एउटै माइक्रो चिपले सम्पूर्ण स्याटेलाइटलाई सञ्चालन गर्न सक्छ । वैज्ञानिक डा. मास्केले भने, “यो कामका लागि हामीले एउटा यस्तो चिप भेट्टाएका छौँ, जसको विभिन्न तहको परीक्षणमा जुटेका छौँ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण