आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४६ पुगिन् सुष्मिता,  १५ वर्ष कान्छोसँग गर्छिन् डेट

शुक्रबार, ०३ मङ्सिर २०७८, १७ : ३७
शुक्रबार, ०३ मङ्सिर २०७८

अभिनेत्री सुष्मिता सेन आज आफ्नो ४६ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । फिल्म करियर उतार चढाव भएपनि उनले २७ वर्ष अगाडि अर्थात १९९४ मा मिस युनिभर्स प्रतियोगिता जितेकी थिइन् । त्यो एउटा इतिहास कायम भएको छ । उनी अगाडि यो प्रतियोगिता भारतका लागि कसैले हात पारेका थिएन । जबकि यस अगाडि ४१ पटक प्रतियोगिता आयोजना भएको थियो । ४२ औं प्रतियोगिता सेनले ७७ देशका प्रतियोगी पछि पार्दै हात पारेकी थिइन् ।

मिस युनिभर्सको दौरानमा सुस्मितालाई प्रश्न सोधिएको थियो,  ‘यदि तपाई कुनै ऐतिहासिक घटना परिवर्तन गर्न पाएमा त्यो के हुनेछ’ । प्रश्नको जवाफमा सुष्मिताले भनेकी थिइन्, ‘इन्दिरा गान्धीको मृत्यु ।’ सुष्मिताले २०२० मा वेबसिरिज ‘आर्या’ बाट अभिनयमा कमब्याक गरेकी थिइन् ।

यो सिरिज डच सिरिज पेनोजाको हिन्दी रिमेक थियो । सिरिजमा सुष्मिताले गरेको अभिनयको निकै तारिफ भएको थियो । उनी पाँच वर्ष पहिले पनि बंगाली फिल्म ‘निर्बाक’ मा पनि देखिएकी थिइन् । बलिउडको थुप्रै फिल्म उनले अभिनय गरेकी छन् ।

सुष्मिता सेन पछिल्लो दुई वर्षदेखि मोडल रोहमन शोलसँगको डेटमा रमाइरहेकी छन् । रोहमन सुष्मिताभन्दा १५ वर्षले कान्छा छन् । सुष्मिता ४६ वर्षकी भइन् भने रोहमन ३० वर्ष भर्खर पुगे । रोहमनसँगको सम्बन्ध सुष्मिताले केही अगाडि एक अन्तवार्तामा बोलेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप