कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावक विहीन
कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा बाल अधिकार स्थिति प्रतिवेदन’मा कोरोना संक्रमणका कारण सयौं बालबालिका समस्यामा रहेको उल्लेख छ ।
परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले कोरोना संक्रमणका कारण अभिभावक गुमाएका बालबालिकालाई अभिभावकत्व दिलाउन पहल भइरहेको जानकारी दिनुभयो । परिषद्ले विद्यालय सञ्चालन भइसकेको अवस्थामा सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अपिल गरेको छ ।
प्रतिवेदनमा नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १५ दशमलब ३ प्रतिशत बालबालिका श्रममा संलग्न रहेको उल्लेख छ । श्रममा संलग्न बालबालिकाको सन् २००८ मा भन्दा सन् २०२१ मा ५ लाखले कमी आएको छ ।
आर्थिक वर्ष २०७३(७४ देखि सडक बालबालिकाको उद्धार र व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको छ । चालू आर्थिक वर्षमा १ हजार ७ सय ८८ जना बालबालिकाको उद्धार तथा व्यवस्थापन गरिएको धरेलले जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण