कपिलवस्तुमा दुई जनाको मृत्यु
आइतबार, ०५ मङ्सिर २०७८, १४ : १७
कपिलवस्तुमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् भने विजय नगरमा एक बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
महाराजगन्ज नगरपालिका–१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका–७ मानपुरस्थित माछा पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । महाराजगन्ज नगरपालिका–७ माझीहवा घाटमा मेला हेर्न गएका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै विजयनगर गाउँपालिका–२ उठवास्थित मामाघरमा आएकी भारत सिद्धार्थनगर बढनी बर्गदवा घर भएका दिनेश तेलीकी छोरी २ वर्षीया आन्सिका तेलीको सार्वजनिक इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी दुवै घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण