काँग्रेसको भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तवा
मङ्गलबार, ०७ मङ्सिर २०७८, १२ : ०६
नेपाली काँग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । पार्टीको चौधौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका थिए । बान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए ।
तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउने बीच पुनः निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको काँग्रेसका एक नेताले बताए । जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको ६० मत बदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण