कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
सारांश
- गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले झण्डै ६० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ ।
- यस अवधिमा कुल १ अर्ब २१ करोड ६३ लाख किलो भन्दा बढी विभिन्न प्रकारका अनाज नेपाल भित्रिएको छ ।
- आयात भएको कुल खाद्यान्नमध्ये सबैभन्दा ठुलो हिस्सा धान र चामलको रहेको छ ।
काठमाडौँ । एक वर्षमा झण्डै ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक (साउनदेखि असारसम्म) तथ्यांकअनुसार नेपालले एकै वर्षमा झण्डै ६० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ ।
तथ्यांक अनुसार यस अवधिमा कुल १ अर्ब २१ करोड ६३ लाख किलो ९करिब १२ लाख १६ हजार मेट्रिक टन० भन्दा बढी विभिन्न प्रकारका अनाज नेपाल भित्रिएको छ । यसबापत नेपालबाट कुल ५९ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ भने सरकारले यी वस्तुको आयातबाट अर्बौँ रुपैयाँ भन्सार राजस्वसमेत संकलन गरेको छ ।
आयात भएको कुल खाद्यान्नमध्ये सबैभन्दा ठुलो हिस्सा धान र चामलको रहेको छ । तथ्यांकअनुसार एक वर्षको अवधिमा १७ अर्ब ८४ करोड रुपैयाँ बराबरको ४७ करोड ४९ लाख किलो अन्य धान आयात भएको छ । त्यसैगरी, ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको १८ करोड ३१ लाख किलो ‘विभिन्न किसिमका चामल’ र ८ अर्ब ४० करोड रुपैयाँ बराबरको ७ करोड १६ लाख किलो ‘बासमती चामल’ नेपाल भित्रिएको छ । यस्तै १ अर्ब २९ करोड रुपैयाँको करिब ३० लाख किलो धानको बीउ र ३६ करोड रुपैयाँ बराबरको ९० लाख किलो कनिका समेत आयात भएको छ ।
नेपालमा चामलपछि मकै र गहुँको आयात पनि अत्यधिक मात्रामा हुने गरेको छ । कुखुराको दानालगायतका उद्योगमा खपत हुने मकैको आयात १० अर्ब ९२ करोड रुपैयाँ बराबरको भएको छ, जसको परिमाण ३० करोड २८ लाख किलो रहेको छ । त्यस्तै, १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ३६ लाख ६२ हजार किलो मकैको बीउसमेत आयात भएको छ । गहुँ ४ अर्ब ७१ करोड रुपैयाँको ११ करोड २६ लाख किलो अन्य डुरम गहुँ’ र १ अर्ब ६८ करोड रुपैयाँको ३ करोड ८७ लाख किलो 'अन्य गहुँ (मेस्लिन)’ भित्रिएको भन्सार तथ्यांकले देखाएको छ ।
प्रमुख खाद्यान्न मात्र नभई नेपालका रैथाने कोदो र फापरजस्ता बालीको आयातले समेत निकै ठुलो परनिर्भरता देखाएको छ ।
तथ्यांकअनुसार एक वर्षमा ६१ करोड ७४ लाख रुपैयाँ बराबरको १ करोड २१ लाख किलो कोदो र २७ करोड ८३ लाख रुपैयाँ बराबरको ३३ लाख २६ हजार किलो फापर आयात भएको छ । यसैगरी ४ करोड ८६ लाख रुपैयाँको ११ लाख २२ हजार किलो जौ तथा करिब ८० लाख रुपैयाँ बराबरको ५१ हजार किलो वा समेत आयात गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण