प्युठानमा काँग्रेसको मतगणनास्थलमा गोली चल्यो, झडपमा प्रहरीसहित ७ जना घाइते
मङ्गलबार, ०७ मङ्सिर २०७८, २१ : ५२
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा गोली चलेको छ । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको जनाइएको छ ।
मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा काँग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लेखनाथ जिसीले रातोपाटीलाई बताए ।
प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथै सात सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । यद्यपि गोली कसैलाई लागेको छैन ।
यसैबीच झडपका क्रममा दुई प्रहरी सहित कम्तिमा ७ जना घाइते भएका छन्। अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
-
युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
-
कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
