आजदेखि तानसेन–तम्घास खण्डको सडक दैनिक ११ घण्टा बन्द हुने
बुधबार, ०८ मङ्सिर २०७८, ०९ : ५०
आजदेखि तानसेन तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द गर्ने पाल्पा –सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो बनाउनको लागि कार्यालयले मंसिर ८ आजदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको सूचना जारी गरेको छ ।
तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्दा उक्त सडकमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताएका छन् ।
सडक कार्यालयले विगत दुई सातादेखि सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्रमा बाटो निर्माण गर्न भन्दै रातिको समयमा बाटो बन्द गर्दैै आएको छ । राती बन्द गराउँदा बुटवलबाट , पोखरा ,गुल्मी जाने सवारीबीच बीचमा रोकिनु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण