नेपाललाई बाइडेनको निम्तो
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिलाई निमन्त्रणा गरेको हो ।
सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बङ्गलादेश, भुटान, श्रीलङ्का र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरूको सूचीमा छैन । बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुत बनाउन सम्मेलनको आयोजना गरेको बताए । आजको गोरखापत्र दैनिकमा सचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण