मोरङको प्रतिनिधिसभा सभापतिमा संस्थापन इत्तरको वर्चश्व, देउवा समूह एक क्षेत्रमा सीमित
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजाले संस्थापन पक्ष कमजोर देखिएको छ । मोरङका ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत बिहीबार बिहानसम्म पाँच वटाको परिणाम आइसकेको छ ।
परिणाम अनुसार चार वटामा कोइराल—पौडेल पक्षले विजयी हासिल गरेको छ । सभापति शेरबहादुर देउवा पक्ष मोरङमा एक निर्वाचन क्षेत्रमा मात्रै विजयी भएको छ । क्षेत्र नम्बर ४ मा भने बुधबार बेलुकादेखि मतगणना जारी छ ।
प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि वसन्त हुमागाईं र विनोद बस्नेत बीच प्रतिस्पर्धा छ । यस क्षेत्रमा अहिले बस्नेतले अग्रता लिइरहेका छन् । मोरङ कोइराला–पौडेलको पकड क्षेत्र हो । जिल्ला निर्वाचन समितिका अनुसार क्षेत्र नम्बर १ मा शङ्कर राई, २ मा नागेश्वरप्रसाद सिंह, ३ मा गणेश खड्का, ५ मा जीवन गच्छदार र ६ मा देवराज तामाङ सभापतिमा निर्वाचित भएका छन् । संस्थापन पक्षका गच्छदार र संस्थापन इतरका राई सर्वसम्मत सभापति चयन भएका हुन् ।
अन्य निर्वाचन क्षेत्रमा मतदानमार्फत नेतृत्वको टुङ्गो लगाइएको हो । क्षेत्र नम्बर २ मा पौडेल–कोइराला पक्षका सिंहले सत्यनारायण सिंह र यज्ञ कार्कीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भए । क्षेत्र नम्बर ३ मा संस्थापन इतरकै खड्काले प्रतिस्पर्धी गणेश ढकाललाई हराएका हुन् ।
क्षेत्र नम्बर ६ मा संस्थापन इतरकै देवराज तामाङ सभापति बने । उनले संस्थापन पक्षका चेतराज रेग्मीलाई पराजित गरेका थिए । महाधिवेशन प्रतिनिधिमा प्रदेश १ का प्रदेशसभा सदस्यसहित पूर्वमन्त्री र चर्चित नेताहरूसमेत पराजित भएका छन् । प्रदेश सांसदहरु बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भएका छन् ।
नेतृ मृदुला कोइराला, नेविसङ्घका पूर्व नेता बाबुराम कोइराला, दीपक लोहनी, महिला सङ्घ मोरङकी सचिव प्रमिला थापा, दामोदर कोइरालालगायत पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पराजय भोग्ने उनीहरु संस्थापन पक्षका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण