रुपन्देही क्षेत्र नम्बर ३ मा देउवा समूहका गुरुङ विजयी
नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ को अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहका सुशील गुरुङको प्यानल विजयी भएको छ । गुरुङ बिहीबार ३ सय ७७ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत प्राप्त गरेका थिए । यस्तै सभापति पदका अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत प्राप्त गरेका छन् । सभापति पदमा गुरुङको प्यानल विजयी भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।
सचिव पदमा गुरुङकै प्यानल विजयी भएको छ । सचिव पदमा भवानीप्रसाद शर्माले ३ सय ७६, लेखनाथ भट्टराईले ३ सय ६२ तथा यादव प्यानलका शैलेषकुमार पन्तले २ सय १८ र टंकप्रसाद पाण्डेले २ सय २७ मत प्राप्त गरेका छन् ।
सहसचिवमा पनि गुरुङ प्यानलकै कुलप्रसाद न्यौपाने ३ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै प्रेमसागर थारुले ३ सय ८२ मत ल्याउँदा यादव प्यानलका अमृता लम्सालले २ सय २५ तथा सुरेन्द्र धवलले २ सय १० मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
-
सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने
-
स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्यो ७ बुँदे निर्णय
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण