जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
शुक्रबार, १० मङ्सिर २०७८, १० : १२
झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजे भद्रपुर नगरपालिका–९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको मृत्यु भएको हो । उनलाई बिहान मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेको बेला हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घटनापछि ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बन कार्यालयसँग समन्वय गरी मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण