मधेश आन्दोलनका उपलब्धिहरूलाई ओझेलमा पारियो : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने कामना गरेका छन् । बिहीबार चितवन भरतपुरमा जारी एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताए । उनले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए । यी सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्नेमा यादवको जोड छ ।
उनले भने–‘अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको छ । जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको छ ।’ नेता यादवले अहिलेको राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस भन्ने कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण