छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
दैलेखमा छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । पीडित किशोरीकी आमाले गत बिहीबार जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा दैलेख प्रहरीले पक्राउ गरी ती पुरुषलाई जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई विगत ३ वर्षदेखि पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमा पारी जबरजस्ती यौन हिंसा गर्ने गरेको पाइएको छ । बाबुबाट यौन हिंसाको शिकार भएकी ती बालिका ‘डिप्रेशन’को शिकार भएको समेत प्रहरीले जनाएको छ ।
यता, सुर्खेत प्रहरीले बहुविवाह मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । पश्चिम बराहताल गाउँपालिका –१० बस्ने बर्ष ३० की लक्ष्मी सारुमगरलाई पक्राउ गरिएको हो । उनलाई सुर्खेत जिल्ला अदालतको फैसला आदेश अनुसार रु. एक हजार जरिवाना, १ वर्ष ६ महिना कैद सजाय भुक्तानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण