काँग्रेसको इलाम जिल्ला सभापतिमा देउवा पक्षीय डम्बर खड्का निर्वाचित
नेपाल काँग्रेस इलामको जिल्ला सभापतिमा संस्थापन पक्षीय डम्बर खड्का निर्वाचन भएका छन् । खड्काले संस्थापन इतर पक्षीय भेषराज आचार्यलाई पराजित गरेर सभापति बाजी मारेका हुन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हिमाल कर्माचार्य सभापति रहेको इलाममा अब सभापति शेरबहादुर देउवा पक्षीय खड्का आएका छन् ।
सुरुका जिल्ला सभापतिका लागि डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले खड्कालाई सघाएका थिए । पौडेल पक्षीय कर्माचार्य र देउवा निकट थापाले खड्कालाई सघाएपछि आचार्य पराजित हुन पुगेका हुन् ।
शनिबार अपराह्न सार्वजनिक मत परिणामानुसार खड्काले ९३५ मत लाएका थिए भने आचार्यले ७७५ मत पाएका छन् । इलामका निर्वाचन अधिकृत रमेश जोशीका अनुसार १६० बढी ल्याएर खड्का सभापति निर्वाचन भएका छन् ।
जिल्ला उपसभापतिमा भने आचार्य समूहका खगेन्द्र देवान र विष्णु सुब्बा (दाहाल) विजयी भएको जोशीले रातोपाटीलाई बताए । देवान ८७४ र दाहाल ७७८ मत प्राप्त गरि उपसभापतिमा निर्वाचित भएका थिए भने केदार थापा ७४७ र होम दुलाल ६९९ मत पाएर पराजित भए ।
पराजित दुवै जना खड्का नेतृत्वको प्यानलबाट उपसभापतिका प्रत्यासी थिए । सचिवमा खड्का समूहका निरोज खड्गी र पूर्णप्रसाद गौतम निर्वाचित भएका छन् । आचार्य प्यानलका गौतमले ८१९ र खड्गीले ७९३ मत प्राप्त गरेका थिए ।
गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको प्यानलबाट सचिव निर्वाचित भएका छन् । आचार्य प्यानलका सचिव पदका अर्का प्रत्यासी विष्णु कार्कीले ७२२ र खड्का प्यानलका हुकुमलाल थेवेले ७१५ मत पाएका थिए ।
यस्तै सहसचिवमा डालाकुमारी कार्की र देवेन्द्र कुमार सुवेदी विजयी भएका छन् । कार्कीले ८६५ मत र सुवेदीले ७८१ मत पाएका थिए कार्की खड्का प्यानल र कार्की आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण