शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा तीन बिगाहा खेतको धानमा आगलागी

सोमबार, १३ मङ्सिर २०७८, ०७ : २५
सोमबार, १३ मङ्सिर २०७८

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो । आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । बुधाई यादवले लगाएको  तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिए ।  

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन् । धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप