आजको मौसम : देशभर चिसो बढ्यो, हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। भने, देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
यसैगरी, दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राति देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण