सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला

सोमबार, १५ असार २०८३, १३ : ४०
सोमबार, १५ असार २०८३

सारांश

  • नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले चुनाव र युद्धबाट आएका कम्युनिस्ट पार्टीको काम एउटै भएकाले वामपन्थी आन्दोलन कमजोर भएको बताएका छन् ।
  • उनले वामपन्थी आन्दोलनमा देखिएका अलमलबारे समीक्षा गर्नुपर्ने स्पष्ट पारे ।
  • समाजवाद र बुर्जुवा जनवादबारे जनतामा कन्फ्युजन देखिएकाले संश्लेषण गरी ब्रेक थ्रु गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले चुनावबाट आएका र युद्धबाट आएका कम्युनिस्ट पार्टीको काम एउटै भएकाले वामपन्थी आन्दोलन कमजोर भएको बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वामपन्थी आन्दोलनमा देखिएका अलमलबारे समीक्षा गर्नुपर्ने स्पष्ट पारे ।

‘चुनावबाट सरकारमा गएका माधव, झलनाथ, केपी ओली र युद्धबाट आएका प्रचण्ड, जनार्दनले गर्ने काम एउटै भयो । अन्य देशमा पनि एउटै प्रकारको भयो । यसो भएपछि जनतामा कन्फ्युजन देखियो’, उनले भने, ‘समाजवाद के हो ? बुर्जुवा जनवाद के हो भन्ने डिर्माकेसन लाइनमा कन्फ्युज पैदा भयो । अहिले हामीलै संश्लेषण गरेर ब्रेक थ्रु गर्नुपर्नेछ’, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप