सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
सारांश
- सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगरमा मुसाले खाएर डल्ला परेको चामल पुनः प्याकिङ गरी बिक्री गर्न लागिएको फेला परेको छ ।
- अनुगमनका क्रममा गोदाममा चरम अस्वस्थकर वातावरण, मुसाले खाएको चामलका ३९ बोरा नयाँमा प्याकिङ, ब्याच नम्बर र मूल्य नभएको तथा सरसफाइको अभाव पाइएको छ ।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उक्त चामल बिक्री वितरणमा रोक लगाएको छ र गुणस्तर परीक्षणपछि थप कारबाही गरिनेछ ।
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगरमा गुणस्तरहीन चामल पुनः प्याक गरी बिक्री वितरण गर्न लागिएको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङ जिल्लामा गरेको स्थलगत निरीक्षणका क्रममा यस्तो लापरबाही फेला पारेको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले उक्त खाद्य कम्पनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
अनुगमनका क्रममा कम्पनीको चामल भण्डारण गोदाममा चरम अस्वस्थकर वातावरण र गम्भीर त्रुटिहरू पाइएका छन् । टोलीले अनुगमन गर्दा मुसाले खाएर डल्ला परेको २५ केजी दरका ३९ बोरा चामललाई कामदारहरूले नयाँ बोरामा पुनः प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त चामलमा साना–साना डल्ला (चिलिसा) परेको र ती डल्लाभित्र जैविक पदार्थ (किरा वा जीवहरू) समेत फेला परेका थिए । यसका साथै चामलको बोरामा ब्याच नम्बर र मूल्य उल्लेख नगरी बिक्री वितरण भइरहेको, भण्डारण कक्षको तापक्रम अत्यधिक बढी रहेको, गोदाममा सरसफाइको अभाव तथा मुसा नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको र पूर्ण लेबल विवरणसमेत उल्लेख नगरिएको अनुगमनका क्रममा पाइएको छ ।
यस गम्भीर लापरबाहीपश्चात् अनुगमन टोलीले उत्पादन मिति २०८१ चैत १५ गते र उपभोग्य अवधि २ वर्ष रहेको उक्त २५ केजी दरका ३९ बोरा ‘स्टिम जिरा मसिनो चामल’ लाई अर्को निर्देशन नभएसम्मका लागि बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माका अनुसार उक्त चामलको गुणस्तर परीक्षणका लागि प्रयोगशालामा नमुना सङ्कलन गरी पठाइएको छ र परीक्षणको प्रतिवेदन आएपछि थप आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
-
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
-
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन
-
बाचुन्जेल कुर्सी नछाड्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि बाधक : युवराज ज्ञवाली
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण