मतदानबारे के भन्छन् भीम रावल ? (भिडियोसहित)
नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो धारणा अनुसार नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘निर्वाचनमा जानुपर्छ भन्ने मेरो धारणा थियो । निर्वाचन सो धारणा अनुरूप नै भएको ठानेको छु’, मतदान सम्पन्न भएपछि सौराहास्थित सेभेनस्टार होटल परिसरमा रावलले भने ।
उनले मतदानका क्रममा आचारसंहिताविपरितको गतिविधि भएकोप्रति भने उनले असन्तुष्टि जनाए । उनले समूहगत सूची वितरण गरिएको प्रति आफूले निर्वाचन आयोगलाई जानकारी गराएको र प्रहरीलाई पनि त्यस्तो गतिविधि हुन नदिन आग्रह गरेको रावलले बताए ।
‘मतदानका क्रममा केही कुराहरू भएका छन् दुई चारवटा, त्यसको मैले सार्वजनिक आलोचना गरेको छु । हाम्रो पार्टीको चुनावी आचार संहिताअनुसार समूहगत सूची बाँड्न नपाउने भन्ने थियो । त्यसबारे आयोग जानकारी र सुरक्षाकर्मीलाई भनेको थिएँ, तर त्यो कार्य बन्द भएन’, उनले भने, ‘विरोध गर्दा हातपातको प्रयास पनि भयो ।’
उनले मतदान विद्युतीय यन्त्र उपकरणको माध्यमबाट पहिलो पटक प्रयोग भएकाले राम्रै भयो होला भन्ने आफूले ठानेको पनि बताए । रावलले मतगणनाका लागि तयारी भइरहेको पनि बताए । उनले आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी नरहेको र अध्यक्षमा मात्रै उम्मेदवारी रहेको कुरा आयोगलाई जानकारी गराएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

