मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनमा रहेका केही पार्टीको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकाले प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको आज अनुगमनपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले कार्य क्षेत्र मिलाएर मन्त्रीको सङ्ख्या केही बढाउने सम्बन्धमा गठबन्धनमा रहेका दलहरुबीच आन्तरिक तयारी भइरहेको र बैठक बसी चाँडै मन्त्रिमण्डललाई पूर्णता दिइने जानकारी दिए ।
उनले विगतको सरकारले पेश गरेको बजेट पुनरावलोकन हुने जनाउँदै आर्थिक स्रोत साधन कसरी जुटाउने तथा अनावश्यक राखिएको बजेटको कटौती हुने बताए । मुख्यमन्त्री राईले व्यक्ति कुन पार्टी हो नभनी रित नपुगी विगतको सरकारले गठन गरेको बोर्डलाई सच्चाउने जानकारी दिए ।
उनले गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमको खाका तयार भइसकेको जानकारी दिँदै दललाई इमेल पठाइएको र बैठक बसी सार्वजनिक गरिने बताए । मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि कार्यदल गठन गर्ने, प्रक्रिया अगाडि बढाउने र संसद्को बैठकमा प्रवेश गराई बहुपक्षीय छलफल एवं सहमतिमा टुङ्ग्याउन सरकारको ध्यान गएको प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण