गायक पौडेललाई ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार
लोकगायक नविन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एकहजार डलर राशिको ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार पौडेललाई प्रदान गर्ने जनाएको छ । फाउन्डेसनका नेपालका संयोजक राधेश्याम लेकालीले पुरस्कार सार्वजनिक गरेका हुन् ।
हेम–सरिता पाठक प्रतिष्ठानले यस अगाडि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ र दुई हजार अमेरिकी डलर राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ २०७७ घोषणा गरेको थियो ।
प्रतिष्ठानले गायन, संगीतका अलवा पत्रकारिता र साहित्यमा समेत पुरस्कार दिदै आएका छ । स्कुल संचालन, विपन्न बर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि समेत अनुदान प्रदान गर्दै आएको प्रतिष्ठानले झापाका विभिन्न क्षेत्रका अशक्त र असहायका लागि घर निर्माण गरेको छ ।
घोषणा भएको पुरस्कार काठमाडौंमा एक समारोहको बीच छिट्टै प्रदान गरिने संयोजक लेकालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण