अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट
पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन् । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सिटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । अघिल्लो हप्ता दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिद-करिनाको तारिफ गर्दै इम्तियाजले भने, ‘ब्रेकअपपछि पनि दुवैले व्यावसायिक भएर काम गरे’
-
कोशीमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय
-
कर्णाली : बजेट थप गरी कार्यान्वयन गर्ने भनिएका ५७४ टुक्रे योजना अलपत्र
-
जसपाले गठबन्धनको विकल्प खोजेको छैन, सरकारमा रहेका केही दलले भ्रम छरे : उपेन्द्र यादव
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउँदै